Logo
६ आश्विन २०८१, आईतबार
(May 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा स्कुल बसमा आगजनी

३० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।

बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै फरार छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

प्रकाशित मिति: May 12, 2024

प्रतिक्रिया दिनुहोस्