Logo
६ माघ २०८१, आईतबार
(May 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन

२८ वैशाख, काठमाडौं । बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ-आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ सहभागी थिए । यसैगरी नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल तथा नेकपा माओवादी केन्द्रबाट मुख्य सचेतक हितराज पाण्डे र सचेतक रुपासोशी चौधरी सहभागी थिए ।

रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही पनि छुट्टाछुट्टै र सामूहिक छलफलमा थिए ।

 

प्रकाशित मिति: May 10, 2024

प्रतिक्रिया दिनुहोस्