Logo
१७ पुस २०८१, बुधबार
(May 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशमा आज सरकारले दियो सार्वजनिक बिदा !

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

गत बुधबार ९२०८१ वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।

२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दैछन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताए ।

 

 

 

 

प्रकाशित मिति: May 6, 2024

प्रतिक्रिया दिनुहोस्