Logo
२९ पुस २०८१, सोमबार
(May 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु

फोर एच नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा यस संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गर्ने भएको छ । संस्थाका अध्यक्ष लोकराज अवस्थीका अनुसार नेपाल मन्थन अभियान यो बर्षभरी संचालन गरिने र यो अभयिान दश हजार भन्दाबढी युवासम्म पुग्ने जानकारी दिएका छन् ।

अभियानको शुभारम्भ समारोहमा योजना आयोगका पूर्व उपाध्यक्ष डा । गोविन्दराज पोखरेल, कोशी प्रदेशका पूर्व उपाध्यक्ष एव बरिस्ठ अधिकारकर्मी सुबोध राज प्याकुरेल, कृषि बैज्ञानिक डा।देबेन्द्र गौचन, अर्थविज्ञ अनिलकाजी बस्नेत र सञ्चारविज्ञ शिव लम्साल लगायतकाले नेपाल मन्थनको औत्यिताको बारेमा धारणा व्यक्त गरेका थिए ।

नेपाल मन्थन कार्यक्रम जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायत क्षेत्रमा अभियान संचालन गरिने संस्थाका अध्यक्ष अवस्थीले जानकारी दिए । अभियानले युवा, महिला, पछिपारिएका समुदाय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा दलित समुदायलाई लक्षित गरिने समेत जनाएका छन् ।

नेपाल मन्थन अभियना अन्तरगत यही असार पहिलो साता राष्ट्रिय युवा–विद्यार्थी कृषि सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा आयोजना गरिने संस्थाकी कार्यसमिति सदस्य मुना काप्रीले जानकारी दिए ।

कार्यक्रममा देशभरीका सबै विश्वविद्यालयहरुबाट लगभग २ सय युवा विद्यार्थीको सहभागिता रहने छ । यो कार्यक्रम २ दिनसम्म संचालन र युवा, कृषि, जलवायु परिवर्तन तथा नीति निर्माणमा युवाको सहभागिता लगायतका विषयमा मन्थन गरिने काप्रीले जानकारी दिए ।

प्रकाशित मिति: May 2, 2024

प्रतिक्रिया दिनुहोस्