राप्रपाको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा झडप
राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले भने ढुंगा हानेका थिए ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।
तर प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।