Logo
४ आश्विन २०८१, शुक्रबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्दैछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।

संसदको कामकारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी बनाउन बैठक बस्न लागिएको उनले बताइन्।

यस्तै संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने विषयमा पनि संसदीय दलमा छलफल हुने उनको भनाइ छ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।

यसै गरी समसामयिक राजनीतिक विषय, उपनिर्वाचनको तयारीबारे पनि छलफल हुनेछ

राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद छन्। पार्टीका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा छन्।

उपसभापति डिपी अर्याल (डोलप्रसाद) श्रममन्त्री छन्। उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छिन्।

प्रकाशित मिति: Apr 7, 2024

प्रतिक्रिया दिनुहोस्