Logo
४ आश्विन २०८१, शुक्रबार
(March 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन गर्न ८ करोड लाग्ने

आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ ।

आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।

‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुने छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।

प्रकाशित मिति: Mar 14, 2024

प्रतिक्रिया दिनुहोस्