Logo
२९ पुस २०८१, सोमबार
(March 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने बताए ।

‘आज हामीले तीन वटा निर्णय गर्छौँ,’ उनले भने, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’

आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाएका छन् । माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।

प्रकाशित मिति: Mar 5, 2024

प्रतिक्रिया दिनुहोस्