Logo
३ कार्तिक २०८१, शनिबार
(March 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाम–२ मा रास्वपाले आदिवासी जनजाति उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार चयन गर्ने भएको छ ।

१५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले बताए । ‘त्यहाँ उम्मेदवार आदिवासी जनजातिबाट नै हुन्छ’, उनले भने, ‘स्थानीयलाई उम्मेदवार बनाउँछौं ।’ रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर टुंगो लगाउने उनले बताए ।

रास्वपाले छ पालिकामा सांसद पठाएर स्थानीय मतदातासँग छलफल गरेको थियो । ६ सांसदले ल्याएको प्रतिवेदनमा छलफल गर्ने र उम्मेदवारको छनोट गर्ने काम नयाँ सत्ता समीकरणका कारण ढिलो भएको झाले बताए । रास्वपाका नेताहरुले मंगलबारसम्म उम्मेदवारको मोटामोटी टुंगो लाग्ने बताएका थिए ।

रास्वपाले चुनावी तयारीका लागि क्षेत्रमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

प्रकाशित मिति: Mar 5, 2024

प्रतिक्रिया दिनुहोस्