Logo
३ कार्तिक २०८१, शनिबार
(March 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुने दलको टुंगो लगाएर मात्रै मन्त्रालय बाँडफाँट

सत्ता गठबन्धनका दलहरूले सरकारमा सहभागी हुने दलहरूको टुंगो लगाएरमात्रै मन्त्रालयको भागबण्डा गर्ने तयारी गरेका छन्।

सोमबार बनेको नयाँ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा र जसपा छन् । तर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई पनि सँगै लिएर जान चाहेका छन् ।

प्रचण्डले सोमबार साँझ विकसित राजनीतिक परिस्थितिबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर छलफल गरेका थिए। भेटमा अध्यक्ष नेपाल यही गठबन्धनमा सहभागी हुन सकारात्मक भएता पनि अन्तिम जवाफ भने दिइसकेका छैनन्।

त्यसैले पहिले गठबन्धनमा आउने समाजवादीसहित लोसपा, नागरिक उन्मुक्तिलगायत दलसँग पनि छलफल गर्ने र मन्त्रालयको बाँडफाट गर्ने एमालेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

मन्त्रालयको भागबण्डा र गठबन्धनमा अरू दलको सहभागिताबारे छलफल गर्न गठबन्धनका चार नेताको बैठक मंगलबार दिउँसो बस्दैछ।

दलहरूले एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपा उपसभापति स्वर्णिम वाग्ले र जसपा नेता राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाएका छन्।

यसैबीच तीन जना मन्त्रीले सोमबार शपथ लिइसकेका छन्। मन्त्रालय टुंगो नलागेकोले उनीहरूलाई बिनाविभागीय मन्त्री बनाइएको छ।

प्रकाशित मिति: Mar 5, 2024

प्रतिक्रिया दिनुहोस्