Logo
३ कार्तिक २०८१, शनिबार
(March 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तले हानेर निस्कन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तले हानेर निस्कने बताएका छन् ।

 

सोमबार शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गरे ।

‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु’, उनले भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्तले हानेर निस्कन सक्छु ।’

प्रकाशित मिति: Mar 4, 2024

प्रतिक्रिया दिनुहोस्