Logo
२३ भाद्र २०८१, आईतबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको प्रशिक्षण

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतो आज माइतीघरको निषेधित क्षेत्र तोड्ने तयारीमा लागेका छन् ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको विरुद्धमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने अभियानको तयारी छ ।

त्यसका लागि अहिले कमल पोखरीस्थित कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको छ ।

नेता महतोले देशभरिका कार्यकर्तालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणपछि दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्