Logo
१३ मंसिर २०८१, बिहीबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री निवास वरपरका बाटो व्यवस्थित बनाउन सरकारले तत्काल सम्बोधन गर्नुपर्छ : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छिन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीयले सो मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।

स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाई थियो ।

उनले काठमाडौँ–तराई फास्ट ट्याक र सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो हुने गरी बनाउनुपर्ने बताइन् ।

सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्