Logo
४ आश्विन २०८१, शुक्रबार
(February 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास जग्गा प्रकरण विशेष अदालतको ऐतिहासिक फैसला : उपप्रधान तथा गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् ।

उनले विशेष अदालत र न्यायाधीशहरुलाई धन्यवाद पनि भनेका छन् ।

विहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको छ ।

विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भनेका छन् ।

अन्तत : ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ,’ ।

गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्,

‘जालसाची, किर्ते, ठगी र भ्रष्टाचारद्राद्धारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो ।

विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद ।’

प्रकाशित मिति: Feb 16, 2024

प्रतिक्रिया दिनुहोस्