प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने घोषणा : प्रचण्ड
नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ ।
राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् ।
स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने । उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए ।
तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने उनले बताए ।
उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी नै पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने बताए ।
प्रत्यक्ष निर्वाचित कमिटी र प्रत्यक्षे निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने निर्णयमा हामी पुगेका छौँ’, प्रचण्डले बैठकमा भने ।