Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटका २३ जना क्रियाशील पत्रकार एमालेमा प्रवेश

रौतहटमा २३ जना क्रियाशील पत्रकार विभिन्न संगठन परित्याग गरी बिहीबार नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। एमाले केन्द्रीय सदस्य तथा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य प्रत्याशी अजय कुमार गुप्ताको पहलमा एकैपटक उक्त संख्यामा पत्रकारहरू एमालेमा प्रवेश गरेका हुन्।

जिल्लाको मध्यभाग गरुडास्थित जारी नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको अवसरमा नेकपा एस, प्रेस मञ्च, रास्वापा समर्थित २३ जना पत्रकार दल त्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

यसरी प्रवेश गर्नेमा एसका राकेश कुमार यादव, विकास अग्रवाल, अभिमन्यु पटेल, पुष्पराज यादव, अरविन्द यादव, स्मिथ कुमार यादव, अजित कुमार कर्ण, राज नारायण साह, सत्येन्द्र सिंह, चन्दन पटेल, लगायतका रहेका छन्। नवप्रवेसीलाई नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका थिए।

प्रकाशित मिति: Feb 9, 2024

प्रतिक्रिया दिनुहोस्