Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान

निर्वाचन आयोग नेपालले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।

यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।

प्रकाशित मिति: Feb 5, 2024

प्रतिक्रिया दिनुहोस्