Logo
२३ भाद्र २०८१, आईतबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भयो : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरू एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जितेको बताए।

सत्ता गठबन्धनभित्रै सहकार्य गरेर एमालेले एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गर्न खोजे पनि त्यसलाई कमजोर बनाइएको अध्यक्ष नेपालको भनाइ छ।

त्यो विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको उनको भनाइ छ। ‘राष्ट्रिय सभाको निर्वाचन यसै बीचमा यही माघ ११ गते सम्पन्न भएको छ।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्