Logo
२३ भाद्र २०८१, आईतबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसले केन्द्रीय नेताहरूलाई प्रदेशमा खटायो (सूची सहित)

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्लामा खटाएको छ। कांग्रेसले केन्द्रीय नेता र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाएको हो।

केन्द्रीय प्रतिनिधिहरू भने यसअघि नै जिम्मेवारी पाएको जिल्ला पुगिसकेका छन्। केन्द्रीय नेतालाई माघ १६ गते तोकिएको जिल्ला पुगिसक्न केन्द्रीय कार्यालयले आग्रह गरेको छ।

समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि सुरू भएको थियो। यो अभियान माघ २६ गतेसम्म चल्नेछ। माघ १६ गते भने नेता तथा कार्यकर्ताहरू आफू क्रियाशील सदस्य रहेको वडामा अनिवार्य जानुपर्ने र श्रम गर्नुपर्ने कांग्रेसको निर्देशन छ।

अभियानलाई प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न केन्द्रीय नेताहरूलाई पनि जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ।

को नेता कुन जिल्लामा : 

कोशी प्रदेश:

१) शेखर कोइराला – झापा र सुनसरी

२) नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला:

१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l

बागमतीको सिन्धुली र मकवानपुर l

२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाहीl

बागमतीको धादिङ र चितवन

 

बागमती प्रदेश:

१) मीनेन्द्र रिजाल- काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

 

गण्डकी प्रदेश:

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुर

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ l

 

लुम्बिनी प्रदेश:

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

२) डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्यूठान र नवलपरासी

 

कर्णाली प्रदेश:

१) शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत l

 

सुदूरपश्चिम् प्रदेश:

१) भीष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्