Logo
१९ भाद्र २०८१, बुधबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावासद्वारा ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक वितरण

भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा काठमाण्डौ स्थित भारतीय राजदूतावासमा शुक्रवार विषेश कार्यक्रम गरी दिवस मनाएको छ ।

दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।

सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरेका थिए। त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

भारतीय राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी-२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरे।

सोही अवसरमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे।

सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरे।

कार्यक्रममा दूतावासले ३० वटा संस्थालाई उपहारस्वरुप १९ लाख बराबरको पुस्तक वितरण गरेको छ । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्