Logo
२३ भाद्र २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनै जना स्वतन्त्र मेयरहरुद्वारा राष्ट्रियसभाको मतदान बहिस्कार

गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन्।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् ।

आज सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।

कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।

स्थानीय निर्वाचन स्वतन्त्र जितेका उनीहरु दलका उम्मेदवारलाई मतदान गर्न नभएको बुझिएको छ । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका छन् ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्