Logo
३१ भाद्र २०८१, सोमबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख देवराज घिमिरेले गरे विषयगत समितिका सभापतिहरूसँग छलफल

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन छन्।

सरकारले संसदको अधिवशेन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन्।

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्