Logo
३१ भाद्र २०८१, सोमबार
(January 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछापुच्छ्रे बैंकको नाफा २१ प्रतिशतले घट्यो

माछापुच्छ्रे बैंकको नाफा २१ प्रतिशतले घटेको छ। बैंकको चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख रूपैयाँमा सीमित भएको हो।

गत आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमासमा भने नाफा एक अर्ब दुई करोड रूपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफामा प्रभाव परेको हो। बैंकको मुख्य व्यवसायबाट हुने आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ।

बैंकले यसपटक प्रावधानको रुपमा राखेको रकम केही घटेपनि उच्च नै छ। बैंकले प्रावधानको रुपमा २३ करोड ८५ लाख रूपैयाँ राखेको छ।

बैंकको वितरण योग्य नाफा रकम २४ करोड ६९ लाख रूपैयाँले ऋणात्मक छ।

बैंकको कर्जा निक्षेप अनुपात ८५.१८ प्रतिशतबाट घटेर ८०.६१ प्रतिशतमा घटेको छ। तर, बैंकको चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २.९९ प्रतिशतले मात्रै बढेको छ।

असारमा एक खर्ब २६ अर्ब रूपैयाँ बराबर कर्जा लगानी भएकोमा पुसअन्त्यसम्ममा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ कर्जा विस्तार भएको छ।

बैंकलाई पुँजी कोष अनुपातमा दबाब रहेकोले पनि कर्जा बिस्तार गर्न सकिरहेको छैन्। बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.०६ छ।

बैंकको खराब कर्जा लगभग दोब्बरले बढेर २.६२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमासमा यो १.४१ प्रतिशत थियो।

बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६४ पैसाबाट घटेर १३ रूपैयाँ ८६ पैसामा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ एक सय ४५ रूपैयाँ छ।

प्रकाशित मिति: Jan 19, 2024

प्रतिक्रिया दिनुहोस्