Logo
३१ भाद्र २०८१, सोमबार
(January 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युगाण्डामा रहेका नेपालीहरुसँग प्रधानमन्त्रीले भेटघाट र छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा छन्।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल युगाण्डाको कम्पाला पुगेका हुन्।

प्रधानमन्त्री दाहाल, परराष्ट्र मन्त्री एनपी साउँँद, परराष्ट्र सचिव सेवा लम्साल लगायतलाई युगाण्डा रहेका नेपालीहरूले भेट गरेका छन्।

उक्त भेटमा प्रधानमन्त्री दाहालले युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताएका थिए।

‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्।

हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतसँग छलफल गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने।

परराष्ट्रमन्त्री एनपी साउँँद,युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको भन्दै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: Jan 19, 2024

प्रतिक्रिया दिनुहोस्