Logo
२३ भाद्र २०८१, आईतबार
(January 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाइने

पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाईने भएको छ ।

संघीय सरकारको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले त्यस्तो बताएका हुन् ।

उनले बजेट सुनिश्चितता नगरी नहुने आयोजनामा सरकारको प्राथमिकतामा नदेखिको बताए ।

त्यस्तै सचिव शर्माले कालीगण्डकी करिडोरलाई दुईवटा आयोजनामा बाँडेर काम सुरु गरिएको जानकारी दिए ।

बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्र्याक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्र्याक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए ।

‘कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने समस्या छ । कतै कडा चट्टान र अहिले जाडो मौसमका कारण कामको प्रगति न्यून छ’, उनले भने, ‘यो वर्षको बजेट ३७ अर्बले घटेर आयो । कन्ट्रयाक्टरहरु हिँड्न थालिसके ।’

कर्णाली करिडोरमा सुरुमा ट्र्याक खोल्ने र यसका लागि ५५ करोड बजेट आएको भन्दै हुलाकी राजमार्गमा २५० पुल बनाउनु पर्ने र ११ सय ६८ किमी बाटो बनिसकेको बताए ।

उनले चितवन र नवलपरासी बीचमा निकुञ्जले पुल बनाउन नदिएको तथा कपिलवस्तुमा पनि निकुञ्जका कारण काम रोकिएको जानकारी दिए ।

 

प्रकाशित मिति: Jan 18, 2024

प्रतिक्रिया दिनुहोस्