Logo
२३ भाद्र २०८१, आईतबार
(January 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सम्भव छ : मन्त्री बस्नेत

संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न नेपालमा सम्भव रहेको बताएका छन् ।

आगामी दशक ऊर्जा क्षेत्रको विकासको निम्ति विशेष र महत्वपूर्ण अवसर हुने उनको भनाइ छ ।

बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१/२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४/५ सय मेगावाट उत्पादन गर्नेछौं ।

यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ महिनाको बीचमा, डेढ वर्षको अवधिमा हजार भन्दा बढी विद्युत उत्पादन गर्नसकने अवस्थासम्म आइपुगेका रहेछौं ।

यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौं भन्ने कुरा होइन । हामी उत्पादन गर्न सक्छौं ।’

उपलब्धि र नयाँ सम्भावनासँगै चुनौतीहरु पनि सिर्जना हुने भन्दै मन्त्री बस्नेतले चुनौतीको उचित व्यवस्थापन गर्ने नीति, विधि र इच्छाशक्तिका साथ सरकार अघि बढिरहेको समेत बताए ।

‘सत्य के पनि रहेछ भने हरेक उपलब्धिहरु, हरेक सम्भावनाहरुसँगै नयाँ चुनौतीहरू पनि सिर्जना भएका छन् । ती आउँदै जान्छन् ।

हामीले चुनौतिको उचित व्यवस्थापन गर्ने र सम्भावनालाई अझ व्यवहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढीरहेको छ ।’

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने र थप लगानीका लागि सहज वातावरण बन्ने बताए ।

प्रकाशित मिति: Jan 18, 2024

प्रतिक्रिया दिनुहोस्