Logo
२३ भाद्र २०८१, आईतबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले गर्‍यो दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई निष्कासन

नेकपा माओवादी केन्द्रले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ। भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो।

साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्। गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित मिति: Jan 17, 2024

प्रतिक्रिया दिनुहोस्