Logo
३१ भाद्र २०८१, सोमबार
(January 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू भएको बताएका छन्।

भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा बोल्दै उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका पनि महत्वपूर्ण देखिएको बताए।

सरकारले उनीहरुलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने काम गरेको उनको भनाइ छ। ‘विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका हुन्छ । स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरू भएको छ,’ गृहमन्त्री श्रेष्ठले भने।

गृहमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र चार वटा सडक भूकम्पीय जोखिमका हिसावले संवेदनशील रहेको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवास्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडक भूकम्पीय जोखिमका हिसावले संवेदनशील अवस्थामा रहेको उनको भनाइ छ।

ती संरचनालाई प्राथमिकतामा राखेर पुनर्निर्माण गरिने उनले बताए।

३२ वटा विद्यालय भवनका लागि १ अर्ब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोढ ७४ लाख र ८ वटा सरकारी भवनको लागि ५१ करोड ८० लाख रुपैयाँ र चार वटा सडकको लागि १ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको उनले बताए।

प्रकाशित मिति: Jan 16, 2024

प्रतिक्रिया दिनुहोस्