Logo
२३ भाद्र २०८१, आईतबार
(January 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलप्रयाेग नगर्न चेतावनी

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका अटो रिक्सामाथि डोजर चलाएर नष्ट गरेकोप्रति नेपाली कांग्रेस निकट नेपाल अटो रिक्सा ई रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष खिलनाथ बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा काम गर्ने मजदुरहरूको गाँस खोस्नेगरी रिक्सा नष्ट गरेको भन्दै त्यस्ता गतिविधी तत्काल रोक्न चेतावनी दिएका छन ।
संघका अध्यक्ष बस्नेतका अनुसार देशभर प्रहरी र ट्राफिक प्रहरीबाट रिक्सा समातेर कब्जा गर्ने रणनीति लिइएको छ । यो कार्य तत्काल बन्द हुन जरुरी छ ।

‘हजारौँं मजदूर र उनीहरूका परिवारका सदस्यहरू यसमै आश्रित रहेका छन । नेपालगंजसहित देशका विभिन्न जिल्लामा भइरहेको धरकपडप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । अटो रिक्सा व्यवस्थित गर्न हामीहरु तयार छौं, तर बल प्रयोग रोकिनुपर्छ, ’उनले भनेका छन ।

बलप्रयोग नरोकिए आफूहरु चरणबद्ध रुपमा आन्दोलनमा जाने समेत संघले चेतावनी दिएको छ । नष्ट गरिएका अटो रिक्साको उचित क्षतिपूर्ति दिन माग संघले माग समेत गरेको छ । यस क्षेत्रमा संलग्न श्रमिकहरु असुरक्षित बन्दै गएको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न समेत संघले भनेको छ ।
नेपालगंज उपमहानगरपालिकाले अटो रिक्सा नष्ट गरेकोप्रति चौतर्फी आलोचना समेत भइरहेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले पत्रकार सम्मेलन गरेर अटो रिक्सा व्यवस्थित आफूले गर्न खोजेको विधि नमिलेको स्वीकारी सकेका छन ।

‘अटो रिक्सालाई डोजर चलाएर नष्ट गर्ने विधि नमिलेकै हो । यसबाट नगरवासीमा पर्न गएको नकारात्मक प्रभावमा क्षमा चाहन्छु’, उनले भने, ‘नष्ट नगरेर अटो धनीलाई दिँदा पुनः प्रयोग गर्ने खतरा थियो । हामीले अटोको ब्याट्री निकालेर पुनः प्रयोग गर्न नमिल्ने गरी नष्ट गरेका हौं ।’
नेपालगन्ज उपमहानगरले ६३१ वटा ई–रिक्सा नियन्त्रणमा लिएकोमा आवश्यक कागजात र प्रक्रिया पुरााएर ५५५ ओटा ई–रिक्सा फिर्ता दिएको जनाएको छ । जसमध्ये ७६ ई–रिक्सा नियन्त्रणमै रहेकोमा २८ ओटा ई–रिक्सा अवैध भएको नगर प्रमुख विष्टले बताए ।

२८ रिक्सामध्ये १४ ओटा चेसिस नं. नभएका, १० ओटा पूर्ण अवैध र ४ ओटा वलिर्डङ गरेर सञ्चालन भएको जनाएको छ । नगर प्रमुख विष्टले वीपी चोकस्थिन सुनाखरी रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरिरहँदा उपमहानगरपालिकाको गेटमा धर्ना दिएर विरोध प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति: Jan 12, 2024

प्रतिक्रिया दिनुहोस्