Logo
३ आश्विन २०८१, बिहीबार
(January 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस.जयशंकर

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन्।

भारतीय वायु सेवाको विशेष विमानमार्फत आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।

दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुनेछन् ।

शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किनेछन् ।

कोभिड महामारीका कारण विगत दुई वर्ष परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक हुनसकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यस्तै रोकिएको सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका बृहत् विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायत विषयमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: Jan 4, 2024

प्रतिक्रिया दिनुहोस्