Logo
२ माघ २०८१, बुधबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहिबार नेपाल-भारतकाे बैठक : यी हुन् छलफल हुने एजेन्डाहरु

बिहिबार नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै छ । साे बैठकका लागि ऊर्जा मन्त्रालयकाे टाेली काठमाडाैं आइपुगेकाे छ । दुवै देशका परराष्ट्रमन्त्रीकाे राेहवरमा मा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा पनि छलफल हुनेछ ।

यी हुन् एजेन्डा :

-दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास ।

– कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

– भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव ।

– नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव ।

– ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव ।

– भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव ।

– नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव ।

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्