Logo
३ आश्विन २०८१, बिहीबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ दलले एमालेलाई पनि छलफलमा बोलायो , सिट दिने तयारी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) लाई पनि केही सिट दिन सत्तारुढ गठबन्धन दलहरु लचिलो भएका छन् । आज बुधबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का नेता र नेपाली कांग्रेसका नेताबीच भएको छलफलमा एमालेलाई पनि केही सिट दिन सकिने बारे छलफल भएको हो ।

आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट, सभापति शेरबहादुर देउवा, उपसभापति पूर्वबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

दुई दलका नेताबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाबारे मोटोमोटी सहमति बनेको बताइएको छ ।

साथै, आज दिउँसो ३ बजेका लागि गठबन्धन दलको बैठक आह्वान गरिएको छ । लगत्तै बेलुकी पाँच बजे गठबन्धन दलले एमालेसँग बैठक बस्नेछ ।

गठबन्धन दलको प्रस्तावमा सहमत भएमा राष्ट्रिय सभामा एमालेले पनि सिट पाउने पक्का भएको छ । एमालेलाई गठबन्धन दलले कति सिट दिन चाहेको हो भन्ने बारे खुलाइएको छैन ।

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्