Logo
३ आश्विन २०८१, बिहीबार
(January 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटै समयमा दुई संसदीय समितिको बैठक

 आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुने जनाईएको छ ।

बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालयल) र डडेलधुरा मेडिकल कलेज सञ्चालनका सम्बन्धमासमेत छलफल हुनेछ ।

प्रकाशित मिति: Jan 2, 2024

प्रतिक्रिया दिनुहोस्