Logo
३ आश्विन २०८१, बिहीबार
(January 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड सरकार परिवर्तन गर्नुपर्ने शेखरको भनाई

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले मुलुकमा अब कांग्रेस नेतृत्वको सरकार आवश्यक भैसकेको टिप्पणी गरेका छन् ।

उनले प्रचण्डले नेतृत्व गरेको सरकारले काम गर्न नसकेको भन्दै तत्काल परिवर्तन गर्नुपर्नै आवश्यकता औंल्याए । आज प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले अहिले जसरी पार्टी चले संकट पैदा हुने पनि खतरा औंल्याए । उनले भने, अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो ।

त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

उनले पार्टी र देश दुवैलाई सही बाटोमा हिँडाएर सपार्न सकिने पनि विश्वस दिलाए । उनले भने, देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं ।

हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त ?

प्रकाशित मिति: Jan 1, 2024

प्रतिक्रिया दिनुहोस्