मध्यरातमा पोखरामा ठड्याइयो स्व.राजा वीरेन्द्रको सालिक
पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ ।
सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।
करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२/०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।