Logo
३१ भाद्र २०८१, सोमबार
(December 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली आवश्यक भएको बताएका छन् ।

आइतबार महोत्तरीको जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा परेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताएका हुन् ।

‘एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ’, उनले भने, ‘हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’

सो क्रममा प्रधानमन्त्रीले माध्यमिक शिक्षा विधेयक सङ्घीय संसदमा प्रस्तुत गरिसकेको भन्दै जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विधेयकलाई संसदबाट पारित गराई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति: Dec 17, 2023

प्रतिक्रिया दिनुहोस्