Logo
३ आश्विन २०८१, बिहीबार
(December 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिका कारण पार्टी चलायमान भएन भन्ने कुरामा कुनै सत्यता छैन : प्रवक्ता महत

अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गरे । पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उनको दाबी छ ।

प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताए ।

प्रकाशित मिति: Dec 15, 2023

प्रतिक्रिया दिनुहोस्