Logo
३ आश्विन २०८१, बिहीबार
(December 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी नेताहरूलाई नैतिक शिक्षा चाहिएको छ : कानुनमन्त्री गुरुङ

कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेताहरूमा नैतिक शिक्षाको अभाव देखिएको भन्दै नैतिक शिक्षा सिकाउनुपर्ने बताएका हुन्।

‘शैक्षिक क्षेत्रमा खराबी आयो भने मुलुक नै खराब हुन्छ। म जस्ता नेताहरूलाई नैतिक शिक्षा सिकाइदियो भने धेरै राम्रो हुन्छ। मैले अरू धेरै केही मागिन नेताहरूलाई नैतिक शिक्षा मात्र दिनुभयो भने धेरै राम्रो हुन्छ। मैले आज यति नै मागे’ मन्त्री गुरुङले भने।

नेपालबाट बर्सेनि लाखौं विद्यार्थी बाहिरिने गरेको भन्दै त्यसलाई रोक्न शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए। ‘शिक्षा क्षेत्रको सुधार, लाखौँ विद्यार्थी बाहिरिने जारी छ। नेपाललाई शैक्षिक हब बनाउन सकियो भने राम्रो हुन्छ। त्यस्तो भयो भने विद्यार्थी बाहिर जाने होइन आउने विद्यार्थी पनि बढी हुन्छन्।’ उनले भने।

प्लस टु पास गरेपछि नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया जाने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए। ‘कतै ४–५ वर्षमा मुलुक ब्रेन ड्रेनको अवस्थामा पुग्ने खतरा छ। यो विषयमा म गम्भीर छु। नेपाललाई एजुकेशनल हब बनाउन सकियो भने विदेशी विद्यार्थी यही आउँछन्। उनीहरूका अभिभावक पनि आउँछन्’ उनले भने

निजी विद्यालयमा धनीका मात्रै छोराछोरी अध्ययन नगर्ने गरेको बताए। ‘निजीमा साँच्चिकै धनीले मात्र पढाउँछन् त ? मलाई त्यस्तो लाग्दैन । मध्यम खालकाहरूले पनि पढाउँछन्। दुःखै गरेर पनि छोराछोरीलाई राम्रै स्कुलमा पढाउने छन्’ मन्त्रीले गुरुङले भने।

प्रकाशित मिति: Dec 15, 2023

प्रतिक्रिया दिनुहोस्