Logo
३ आश्विन २०८१, बिहीबार
(December 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ ।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेसी तोकिएको हो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो ।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । राझ बाझिएपछि सोही इजलासले खाणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति: Dec 14, 2023

प्रतिक्रिया दिनुहोस्