Logo
३ आश्विन २०८१, बिहीबार
(December 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन । आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सकारात्मक संकेत देखिएको बताएका हुन् ।

उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

चालू खातामा ५९ अर्ब बचत रहेको छ। बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने उनले बताए ।

यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको डा.महतले बताए ।

प्रकाशित मिति: Dec 13, 2023

प्रतिक्रिया दिनुहोस्