Logo
३ आश्विन २०८१, बिहीबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोल्ने शब्द नभेटेपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी आयो : डा. मिनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारी दललाई आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भन्ने मानसिकता पलाएको बताएका छन्।

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताए।

जनताको विचारलाई आमसञ्चारको रूपमा प्रचार गरे मात्रै पनि गणतन्त्रको रक्षा हुने उनको जिकिर थियो। उनले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताए।

बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी देखिएको र त्यो राम्रो नभएको उनले बताए। नेता रिजालले आफू २०६२र०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभई निरङ्कुशता अन्त्यको पक्षमा रहेको स्मरण गरे।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्