Logo
३ आश्विन २०८१, बिहीबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्राट् अशोक र मेरो भावनाबिच एक खालको मेल खान्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट् अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् ।

युद्धबाट शान्तिमा आएका आशोक र आफूबिच एक खालका संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए ।

‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका निम्ति सम्राट् अशोकसँग कहीँ न कहीँ मेरो एक खालको संवेदना जोडिएको कै पाउँछु । पहिलोपटक लुम्बिनी आउँदा मैले यो कुरा भनेको थिएँ । युद्धका एक कमान्डर अशोकले शान्तितिर आएर लुम्बिनीमा अशोक स्तम्भ राखेर बुद्धको सन्देश संसारभर लैजान पहल गरेकोबाट म उत्प्रेरित छु । यो कुरा साँचो हो मलाई त्यसबाट प्रेरणा प्राप्त छ । मैले यसअघि र अहिले विश्व समुदायमा शान्तिका लागि गरेको अपिलसँग अशोकको पहल र मेरो भावना मेल खाएको देख्छु । मानिसले विभिन्न अर्थ लगाउँछन् लोकतन्त्रमा भन्न सबैलाई छुट छ’, मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

संवेदनशील भूमि रामाग्रामको स्तूपा अगाडि उभिएर शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमानदार र दृढतापूर्वक ग्रहण गर्न लागिराख्ने विश्वास उनले दिलाए । त्यति धेरै लडाइँबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने आफू त एउटा सानो युद्धबाट आएको मान्छेले धेरै गर्न सक्छ भन्ने आत्मविश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्