Logo
३ आश्विन २०८१, बिहीबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा निस्शुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन

श्री राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, कीर्तिपुर र जुगल(सिन्धु उत्थान समाज, सिन्धुपाल्चोकको सहआयोजनामा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं १ जलविरे स्थित श्री आनन्द माध्यमिक विद्यालयमा यही मिति २०८० मंसीर २३ गते शनिवारका दिन निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको थियो।

शिविरमा बलेफी गाउँपालिका, जुगल गाउपालिका वडा नं ५ र ६ र चौतारा साँगाचोकगढी नगरपालीका वडा नं २ का ६४० जना महिला तथा पुरुषहरुले स्वास्थ्य लाभ लिएका थीए ।

निस्शुल्क स्वास्थ्य शिविरमा काय चिकित्सा (पेट पोल्ने, अमिलो पानी आउने, छात्ति पोल्ने, आउँ पर्ने, ग्यास्ट्रिक, टाउको दुख्ने, माईग्रेन, पिनास, रुघाखोकी, टन्सील, दम, निमोनिया र छालाका रोगहरु तथा मधुमेय० पायल्स, फिसर र मलद्वारको उपचार, स्त्रीरोग सेवा, हाडजोर्नी, ढाड दुखेको, बाथ रोग र नसा सम्बन्धी रोगहरु, भिडियो एक्सरे सेवा, सुगर परिक्षण र पंचकर्म सेवाहरु उपलव्ध थियो । सम्पूर्ण विरामीलाई निस्शुल्क औषधि वितरण गरिएको थियो । उक्त शिविरमा किशोर किशोरी देखि ८९ बर्षका बृद्धबृद्धाहरुको समेत उपस्थिति थियो ।

शिविरमा श्री राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, कीर्तिपुरका निर्देशक डा. राम आधार यादव सहित २० जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।

निर्देशक डा.राम आधार यादव, बलेफी गा.पा. वडा नं १ का अध्यक्ष हुपबहादुर खडका, स्वास्थ्य मन्त्रालयका सल्लाहकार विश्वरुप खडका, आनन्द माध्यामिक विद्यालयका प्रध्यानाध्यापक शिव क्षेत्री र समाजका अध्यक्ष डा. पूर्ण सिलवालले आयुर्वेद स्वास्थ शिविरको महत्व र दिईने सेवाहरुकोबारेमा प्रकास पार्नुभएको थियो ।

जुगल(सिन्धु उत्थान समाज सिन्धुपाल्चोक जिल्लालाई कार्यक्षेत्र बनाई समाज सेवाका विविध क्षेत्रमा योगदान दिने उद्देश्यले २०७९ कार्तिकमा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा दर्ता भई स्थापना भएको र समाज कल्याण परिषद्मा आवद्धता प्राप्त गरेको गैर(नाफामूलक (ल्यल(उचयाष्त), गैर राजनीतिक र गैर सरकारी सामाजिक संस्था भएको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ । यस संस्थाका अध्यक्ष पूर्व उपरथी डा। पूर्ण सिलवाल हुनुहुन्छ ।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्