Logo
३ आश्विन २०८१, बिहीबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद सिंहले एनसेलविरुद्ध दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

एनसेलविरुद्ध सांसद डा.अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्