Logo
३ आश्विन २०८१, बिहीबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।

२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्