Logo
३ आश्विन २०८१, बिहीबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलवायु परिवर्तनको जोखिम नेपालजस्ता देशहरूले भोग्नु विडम्बना : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको बताएका छन् ।

आइतबार ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठाडौंमा सम्बोधन गर्दै उनले यसका असरसँग जुध्न सरकार गम्भीर रहेको जिकिर गरे ।

जलवायु परिवर्तनलाई बढवा दिने काम विकसित राष्ट्रहरूले गरेको तर त्यसको प्रभाव नेपाल जस्ता देशहरूले भोग्नु परेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरे ।

‘विश्वव्यापी उष्णताका कारण जलवायु परिवर्तनका असर देखा पर्न थालेका छन् । हाम्रा हिमालहरू पग्लिन थालेका छन् । जलवायु परिवर्तनलाई बढवा दिने गतिविधि अन्य राष्ट्रहरूले गर्ने तर त्यसको प्रभावको जोखिम नेपालजस्ता देशहरूले भोग्नुपर्ने विडम्बना देखिएको छ’, प्रचण्डले भने, ‘यसका असरसँग जुध्ने र अनुकुलनका लागि वातावरण सिर्जना गरी मानव अधिकारको रक्षाका लागि नेपाल सरकार निकै संवेदनशील रहेको छ ।’

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्