Logo
२ माघ २०८१, बुधबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाँउघरका डाहा-दुश्मनी : भित्र्याउन ठिक्क पारेको धानमा आगजनी

शहर-बजारमा छरछिमेक एक अर्कावीच खासै कुनै मतलव नभएपनि गाँउघरमा छरछिमेकबीच डाह दुश्मनी एकदमै हुने गरिएको देखिएका छन् ।

कसैको तरकारी खेती, केरा खेति वा अन्य बालीनली राम्रो फलेमा डाहा गर्नेले त्यसमा क्षती पु¥यादिनु आम जस्तै भएको पाइन्छ ।

यसैबीच मधेश प्रदेश स्थित रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले हिजो राती आगो लगाएर जलाइदिएको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले हिजो राती आगो लगाएर जलाइदिएको छ ।

फतुवा विजयपुर-२ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाहा खेतमा लगाएको धान जलेर पूर्ण रूपमा नष्ट भएको छ । शनिबार राती साढे ९ बजेतिर भएको आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए ।

खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारीमा रहेका किसान यादवको धानमा पेट्रोल छर्किएर आगो लगाइएको यादवको भनाइ छ ।

आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्