Logo
४ आश्विन २०८१, शुक्रबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको छ : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन्। ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको स्पष्ट पारेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको स्पष्ट पारे। उनले पहिचानको राजनीति भनेको अराजकता, अरुलाई हमाला गर्ने र हिंसा फैलाउने हुन नसक्ने धारणा राखे। उनले देशलाई एकतामा जान नदिने पहिचानको नाममा अराजकता बढेको बताए।

उनले अहिलेको सरकारले कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गरे। उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे। गणतन्त्रको विरोध गर्ने दुष्शाहसिक काम भइरहेको उल्लेख गर्दै ओलीले अब पछाडि फर्कन र रैति हुन नसक्ने धारणा राखे।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्