Logo
४ आश्विन २०८१, शुक्रबार
(November 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोप–२८ को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन्।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् ।

प्रकाशित मिति: Nov 29, 2023

प्रतिक्रिया दिनुहोस्