Logo
४ आश्विन २०८१, शुक्रबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीकृत नभएका पाठ्यक्रम नपढाउन काठमाडौँ महानगरपालिकाको सर्कुलर

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ ।

महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वीकृत नभएका पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई आग्रह गरेको छ ।

‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अङ्ग्रेजी व्याकरण तथा अङ्ग्रेजी शब्दकोश बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सबै विद्यालयलाई सूचित गरिन्छ’, महानगर शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले विद्यालयहरूलाई सूचना पठाउँदै कुनै विद्यालयले यस सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइए शिक्षा ऐन, २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिएका छन् ।

शिक्षा ऐन, २०२८ को दफा ८ तथा शिक्षा नियमावली, २०५९ को नियम ३१ बमोजिम विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने र सोही ऐनको दफा १२ को उपदफा (७) को खण्ड (ङ)मा संस्थागत विद्यालयले नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: Nov 28, 2023

प्रतिक्रिया दिनुहोस्